Good Bye
about letting go
I remember our first date.
Both of us were shy but not afraid.
We were new to each other,
but not strangers.
We felt connected from the start.
Time changed, promises were forgotten,
unexpected things happened.
"Us" became "I."
I don't know if you ever loved me or not.
but I did, and I still do.
Even though you are not mine,
and you won't be.
It's so unfair.
Someone doesn't want to remember;
on the other hand,
someone can't forget.
There was a time
I used to dream about having you.
But today,
I am trying to forget you.
Maybe you forgot my name.
Unfortunately, I still remember
your birthday, our first date, and everything.
I can't even go to our
favorite café,
because it was our place.
It's not the same without you.
If you are scared of
lightning,
you still have to be independent.
Sadly, I won't be there
to cuddle you.
There was a time of joy,
happiness, and love,
but today everything has changed.
Our moments remain
only as memories.
Change is the rule of the earth;
we have to adjust.
Thank you for the beautiful memories.
मेरो संसार तिमी
Mero Sansar Timi — 2025/05/02
मेरो संसारको उज्यालो तिमी
अँध्यारोमा देखिने टाढाको चमक तिमी
मेरो जितको कारण तिमी
हारको पीडामा पनि सम्झना तिमी
ओठमा आउने हाँसो तिमी
आँखामा थामिन नसक्ने भिजाइ तिमी
जता हेरे पनि उपस्थित तिमी
मनको गहिराइमा बस्ने तिमी
धड्कनसँगै बाँच्ने अनुभूति तिमी
नसामा नसामा बग्ने रगत तिमी
आगो जस्तो जोश तिमी
थकाइमा दिने सान्त्वना तिमी
मेरो हरेक कविताको अक्षर अक्षरमा तिमी
मेरो जिवनको हरेक पलमा तिमी
खुसीका उज्याला दिनहरूमा तिमी
निराशाका बादलभित्र पनि तिमी
सपना भेटिने त्यो परि तिमी
हरेश खाई बस्दा साहारा दिने तिमी
मेरो अस्तित्वको आधार तिमी
मेरा हरेक शब्दको सुरुवात र अन्त्य तिमी
मेरो जवानी तिमी
बुढेसकाल को सहारा पनि तिमी
मैले टेक्ने धरती तिमी
हेर्ने आकाश पनि तिमी
मेरो सारा जीवन तिमी
त मेरो मृत्यु पनि तिमी
तिमी नै तिमी
सुरुदेखि अन्त्यसम्म तिमी
यो मात्र होइन अर्को जीवन भए पनि तिमी
जहाँ जहाँ म हुन्छु
त्यहाँ तिमि अनि मात्र तिमी
सायद म गलत थिएँ
Sayad Ma Galat Thiye — 2025/03/21
सायद माया गलत थिएन,
गलत त समय थियो…
तिमी नजिक हुँदा पनि
मेरो भाग्य मौन थियो…
तिमी बिना बाँच्न त सिकेँ,
तर हाँस्न अझै सकेको छैन,
रातभर निद्रा आउँदैन,
किनकि मन अझै थाकेको छैन…
सबैले सोध्छन् —
"किन यति चुप बस्छौ आजकाल?"
कसरी भनूँ उनीहरूलाई,
भित्र हजार चोटि टुटेको मान्छे
बाहिर सजिलै हाँस्न सक्दैन…
केटा भएर होला,
आँसु लुकाउन सिकाइयो,
तर कसैले कहिल्यै सिकाएन
दुख कहाँ राख्ने भनेर…
कहिलेकाहीँ एक्लोपनले होइन,
आफू कसैको आवश्यकता नरहनुले मार्दो रहेछ,
र धेरै सम्बन्धहरू
झगडाले होइन,
चुप्पीले टुट्दा रहेछन्…
म अझै त्यहीँ छु,
जहाँ तिमीले अन्तिम पटक छोडेकी थियौ,
फरक यति मात्र छ —
पहिले तिमी फर्किन्छौ भन्ने आशा थियो,
अहिले त यादहरूसँग बाँच्ने बानी भएको छ…
यदि एकदिन तिमीले मलाई सम्झियौ भने,
यति मात्र सम्झनु —
"ऊ जिद्दी थियो होला,
तर मतलबी कहिल्यै थिएन…"
मौन प्रेम
Maun Prem
कुरा त धेरै थिए मनमा, तर आवाज थिएन ।
तिमीसँग बोल्ने मन त थियो, तर साहस थिएन ।
भन्छन्, प्रेम र युद्धमा सबै जायज हुन्छ,
तर तिमीलाई मनको कुरा भन्नु जायज थिएन 💔
कुनै दिन तिमीलाई आफ्नो ठानेको थिएँ,
आज तिम्रो जीवनमा कोही नयाँ आयो रे।
"धन्यवाद, ऊ मेरै बिना खुसी छ" भन्नु पर्यो।
कुनै दिन तिमी संग नबोलि सुत्न नसक्ने म,
आज तिमी संगका ती मिठा पलहरू सम्झिंदै,
तिम्रो तस्बिर मनमा सम्झदै सुत्नु पर्याछ
हात समाउँदै रातको बाटो हिँडेको दिन,
संगै पानीपुरी र चटपट खाएको दिन,
आज ती यादहरू सम्झिंदै हाँस्नु पर्यो।
हिजो तिम्रो स्वर सुनेर दिन सकिन्थ्यो,
आज तिम्रो यादले रातभर निदाउन सकिएको छैन।
तिमी बिना जिन्दगी कल्पना गर्न नसक्ने म,
आज तिमी बिना नै अगाडि बढ्नुपर्ने बाध्यता छ।
तिम्रो आगमन
Timro Aagman
तिमी आएको पछि जीवन बदलिएको छ
मि्रत आत्मामा सास फुकिदियौ
माया भन्ने केहो बुझ्नै सकेको थिएन
र तिमी आएर मायाको अर्थ बनिदियौ
तिमी टाढा गयौ, म त रहिरहेँ
नसोचेको, पीडा म सहिरहेँ
समयसॅंगै बिर्सिन्छ भन्यौ तर सकिनँ
किनकि तिमी सम्झना बनिदियौ
तिमी बोल्यौ, म चुपचाप सुनिदिन
दिलको कुरा आखाबाट बहिदिए
माया लुकाउन खोजेँ बारम्बार
तर तिमी नै मायाको परिभासा बनिदियौ
तिमी हाँस्यौ, संसार रोशन भैदियौ
म टुटेको थिएँ, फेरि जोडिदियौ
नसोचेको प्रेम तिमीबाट पाए
र अन्त्यमा तिमी नै पराई बनिदियौ
मेरो दोष कि भाग्य
Mero Dosh Ki Bhagya
हा हा, मेरो भाग्य कि मेरो दोष,
किन माया सधैं बन्छ पीडाको जोस?
Am I the one who never deserves love?
Why this pain, when hope was above?
आशा थियो—एकदिन मेरो पनि पालो आउछ,
मलाई पनि कोहि कसैले आफ्नो भनि जताउछ।
प्रिय तिमिमा आशा थियो, आफ्नो बनाउछौ भन्ने थियो
तर आज तिमिले पनि आफ्नो जीवनबाटै हटायौ
ठिकै हो, तिमी राम्री मान्छे,
राम्रीलाई चाहने अरू धेरै हुन्छन् साँचै.
म नै गलत, औकात बाहिर सपना सजाएँ,
शायद त्यसैले हरपल पीडा कमाएँ.
मन त टुट्छ तर रोकिँदैन,
घाउ त बन्छ तर देखिँदैन।
तिमीलाई पाउने सपना मात्र थियो,
अब त्यो सपना पनि टुट्यो अब नया पनि देखिदैन
भन्छन् छोरो मान्छे बलियो हुनुपर्छ,
तर तिम्रो message सङ्गै आँसु झर्न पुग्यो।
माया साँचो थियो, तर भाग्य मिलेन,
मन त मेरो थियो, तर साथ तिम्रो मिलेन।
अहिले त सम्झना मात्र बाँकी छ,
तर त्यो पनि पिडीसँगै लुराउने छु
तर तिम्रो अघि आशु देखाउने छैन प्रिय
अलबिदा
Albida — 2025/04/11
मेरो उनिलाई अर्कैसँग देख्नु पर्ला,
मन रोए पनि ओठमा मुस्कान राख्नु पर्ला।
भन्थ्यौ पहिल्यै, म तिम्रो हुन सक्दिनँ,
मैले भनेँ, म तिमीलाई छोड्न सक्दिनँ।
आभागी कर्म, आज तिमी पनि छोडेर गयौ,
तर पनि मुस्कुराउनु, कहिल्यै नछोड्नु सानु।
समयले साथ दिएन, तिमी टाढा भयौ,
तर यादहरू अझै छन्, मनभित्र कैद भयौ।
यदि फेरी कहिल्यै भेट हुन्छ भने,
आँखाभरि आशु हैन, मुस्कान भेटिओस् ☹️
प्रदेशीको पीडा
Pradeshi Ko Pida — 2025/04/03
भाग्यमानि छु म आफ्नो परिवार सॅंग छु
तर टाढा छु म आफ्नै माटोबाट
उडेको छु भविष्यको सपना बोकेर,
तर मुटु त गाँसिएको छ हजुरबुबा–हजुरआमाको मायामा।
स्कुलको झ्यालबाट हेर्दा, लाग्छ
मेरो गाउँको आकाश अझै निलो छ होला
फेदीको खोलाले अझै गीत गाइरहेको होला
ति खोला र खाल्साको बाटो पक्कि भइसके होला
यहाँको सहर छ चम्किलो, vending मशीन,
AC को कोठा, तर…
तर….
त्यो हाम्रो चिसो मुलको पानी
झरी परेका बेलामा टिप टिप आवाज आउने पुरानो छाना।
अझै प्रिय लाग्छ।
घर जान मन छ — धेरै नै मन छ।
तर कागज, नियम, अनि परिस्थितिले रोक्छ
आँखा बन्द गर्दा —
त्यो गोठको बास्ना, बुवाले बिहान बेलुका गरेको आरतीको स्वर,
आमाको बोलाई, साथीहरूको हाँसो —
सबै सुनिन्छ…
तर केबल यादमा मात्र सिमित छ
देश टाढा भए पनि, मुटुमा छ
मेरो नेपाल, मेरो गाउँ, मेरा आफ्ना मान्छे
नयाँ वर्षको धेरै धेरै शुभकामना!
जहाँ भए पनि, मन भने आफ्नै गाउँघरमै रहोस्।
तिमी खुशी हुनू
Timi Khusi Hunu — 2025/03/28
कुनै दिन तिमीलाई आफ्नो ठानेको थिएँ,
आज तिम्रो जीवनमा कोही आएको छ,
Thanks ऊ मेरो बिना नै खुशी छ भन्नु परेको छ।
कुनै दिन तिमी संग कुरा रगरि सुत्न नसक्ने म,
आज तिमी संगका ती मीठा पलहरू सम्झिंदै,
आज तिम्रो तस्वीर सम्झिंदै सुत्नु परेको छ।
कुनै दिन तिमी बिना दिन नै नजाने
आज तिमी बिना नै बाँच्न सिक्नु परेको छ।
तिमीले माया गरेको झूटो थियो कि,
कि म नै तिमीलाई बुझ्न नसकेको थिएँ
हात समाउँदै night walk हिँडेको दिन,
संगै पानिपुरी र चटपट खाएको दिन,
आज ती यादहरू सम्झिंदै हास्नु परेको छ।
सम्झनाहरू त अझै पनि बाँकी छन्,
तर अब तिनलाई आफैंभित्र लुकाउनु
हिजो तिम्रो स्वर सुनेर दिन सकिन्थ्यो,
आज तिम्रो यादले रातभर निदाउन सकिएको छैन।
तिमी बिना जिन्दगी कल्पना गर्न नसक्ने म,
आज तिमी बिना नै अगाडि बढ्नुपर्ने बाध्यता छ।
मेरो उनी
Mero Uni
त्यो जुनलाई हेर्छु
अनि मेरो उनलाइ हेर्छु
त्यो चन्द्रमा मा दाग होला
तर उनिमा केही छैन
खोट त मेरो नशिबमा होला
तर उनिमा केही छैन।
चोट त मेरो मनमा होला
तर उनलाइ दिने छैन।
ओठका ती मुस्कानहरू,
झरीका पहिलो थोपाजस्तै।
गालामा खेल्ने त्यो चमक,
घामको पहिलो किरणजस्तै।
त्यो सुर्य अस्त हेर्छु
टोलाउछु, मुस्कुराउछु
यो अस्ताउदै गरेको सूर्य हेर्छु
उनलाई सम्झन्छु।।
त्यो आँखालाई हेर्छु
अनि एक्लै लजाउँछ।